
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई जन्मदिनमा केक खुवाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारको केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै सभापति देउवाले महामन्त्री थापालाई केक खुवाएका हुन् ।
साउन ३ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीवार बिहान ११ बजेदेखि ५ः१५ बजेसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले १० एजेन्डामाथि केन्द्रित रहेर धारणा राखेका थिए ।
केहीले सभापति देउवाको त केहीले महामन्त्री थापाको आलोचनासमेत गरेका थिए । महामन्त्री थापाको जन्मदिनमा सानेपामा आयोजित कार्यक्रमलाई कांग्रेसले आधिकारिक फेसबुकबाट लाइभसमेत गरेको थियो ।
प्रकाशित मिति : २०८० साउन ४ गते बिहीबार