२०८३ वैशाख ८ , मंगलबार

हुम्लाको बजेट ८० प्रतिशत खर्च



हुम्ला ।  हुम्लाबाट गत आर्थिक वर्ष २०७९/ ०८० मा ४४ करोड ३० लाख रुपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार मसान्तसम्म जिल्लामा आएको बजेटको ८० प्रतिशत रकम खर्च भएको छ । संघीय सरकारबाट तीन अर्ब ६६ करोड ४६ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजित भएकोमा त्यसमा ३ अर्ब २२ करोड १५ लाख ७३ हजार खर्च भएको छ ।

गत आवमा चालुतर्फ ३ अर्ब १३ करोड १५ लाख ७३ हजार र पूँजीगततर्फ ५३ करोड ३० लाख ९५ हजार बजेट आएको थियो । पुँजीगततर्फ ६६ प्रतिशत मात्र खर्च भएको छ भने १७ करोड ७७ लाख रुपैयाँ बजेट फिर्ता गएको छ । यस्तै, पूँजीगततर्फ फिर्ता गएको बजेट भने सबै हिल्सा सिमकोट सडक आयोजनाको रहेको छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहीबार