२०८३ वैशाख ८ , मंगलबार

पुनः कोरिया जान चाहनेलाई भाषा परीक्षाको आवेदन खुल्यो



काठमाडौं । ईपीएस कोरिया शाखाले वैदेशिक रोजगारीका लागि पुनः कोरिया जान चाहनेलाई भाषा परीक्षाको आवेदन खुलाएको छ । ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै यसअघि पाँच वर्ष दक्षिण कोरियामा रोजगार गरी फर्किएका कामदारले साउन १३ देखि १५ गते तीन दिनको अवधिसम्म आवेदन दिन सक्ने बताएको छ ।

सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्र नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन् । उनीहरूको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म र नतिजा असोज ३ गते प्रकाशन हुने उक्त शाखाले जनाएको छ । दक्षिण कोरियामा काम गरी वैधानिक तरिकाले फर्केका कामदारहरुले मात्र रिटर्नी कामदारको रूपमा कोरिया जान पाउनेछन् ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिबार