२०८३ वैशाख ८ , मंगलबार

सुर्खेत बहुमुखी क्याम्पसका विद्यार्थीहरूले अब एक लाखको उपचार पाउने



May be an image of 1 person and text

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले एक लाख बराबरको उपचार सुविधा पाउने भएका छन् । सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको नयाँ नेतृत्व आएसँगै विद्यार्थीहरूले उक्त सेवा पाउने भएका हुन् ।

यसअघि स्वास्थ्य उपचार कोषमा प्रत्येक विद्यार्थीले हरेक वर्ष तिरेको पाँच सय रुपैयाँको उपचार पाउनबाट वञ्चित भएका थिए । सुर्खेत बहुमुखी क्याम्पस स्ववियुका सभापति अक्कलबहादुर सिजापातीले विद्यालयले एक वर्षमा लागेको खर्चको एक लाख र विद्यार्थीले १० प्रतिशत खर्च व्यहोर्ने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले स्वास्थ्य उपचार कोषमा तिरेको ५०० रकमबाट पाउनुपर्ने एक लाख बराबरको प्रतिवर्ष उपचार सुविधा अबदेखि पुर्णरुपमा पाउने व्यवस्था गरेको उनको भनाई छ ।

सभापति सिजापतिका अनुसार विद्यार्थीहरूको स्वास्थ्य उपचारका लागि विभिन्न विद्यार्थी परिचय पत्र, क्याम्पसको सिफारिस पत्र, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पत्र लगायतका सिफारिस लिनुपर्ने छ । साथै विद्यार्थीहरूले प्रदेश अस्पताल कालागाउँ सुर्खेत उपचार सेवा लिन पाउनेछन् ।

May be an image of 1 person and textMay be an image of 1 person and textMay be an image of 2 people, people studying and textMay be an image of 3 people and text
प्रकाशित मिति : २०८० साउन २२ गते सोमबार