
पत्रकार सम्मेलनमार्फत विभिन्न उपलब्धीहरु सार्वजनिक गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल चन्द्र भट्टराई
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न नाकाबाट प्रहरीले एक वर्षमा एक करोड बढी रुपैयाको अवैध सामान बरामद गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा प्रहरीले कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकाहरुबाट भन्सार चोरी–तस्करीका १ करोड ४४ लाख ८३ हजार ७ सय ९ रुपैयाको अवैध सामान बरामद गरेको हो ।
प्रदेश कार्यालयमा सोमबार पत्रकार सम्मेलनमार्फत कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपाल चन्द्र भट्टराईले उक्त मुल्य बराबरको सामान बरामद गरेको जानकारी दिएका हुन् ।
प्रवक्ता भट्टराइका अनुसार भन्सार छलि र तस्करी गरी ल्याएका चिनी, मल, सुर्ती, लत्ताकपडा, प्लाष्टिक र काठ लगायतका सामान नियन्त्रणमा लिएर बरामद गरिएको हो । बरामद गरिएका सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको छ ।