सल्यान । सल्यानको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा छोराले आमाको हत्या गरेका छन् । मंगलवार बिहान अन्दाजी ४ बजेको समयमा आमा सुतेको कोठामा गएर २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको टाउकोमा लठ्ठीले हानेर हत्या गरेका हुन् ।
उनले पैंयाको लट्ठी प्रहार गर्दा भण्डारीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा राखेको छ ।
हत्याको कारण भने खुल्न सकेको छैन् । अहिले घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार