२०८३ वैशाख ८ , मंगलबार

सुर्खेत बहुमुखी क्याम्पसमा शिक्षकद्धारा तालाबन्दी, अख्तियारमा समेत उजुरी



फाइल तस्बिर

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अध्यापनरत आंशिकका शिक्षकहरुले तालाबन्दी गरेका छन् । मंगलवार आंशिकका शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राख्दै कार्यालय प्रमुख माधवप्रसाद खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले देशका अन्य क्याम्पसहरुले आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गरिसकेको भएपनि यस क्याम्पसले त्यसतर्फ कुनै चासो नदिएको भनि प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको सुर्खेत बहुमुखी क्याम्पसकी सुचना अधिकारी मिनाकुमारी गिरीले खबरदृष्टिलाई जानकारी दिइन् ।

उनकाअनुसार आंशिकका शिक्षकहरुले विभिन्न मागहरु राखेर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । त्रिभवन विश्व विद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसले आफूहरुलाई उचित पारिश्रमिक र करार नियुक्ती नदिएर आफूहरुको हकको समेत वेवास्ता गरेको उनीहरुको आरोप छ ।

यस्तै त्रि.वि. कार्यविधि अनुसार आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गर्नुपर्ने, त्रि.वि.को आंशिक कक्षा सञ्चालन कार्यविधि अनुसारको पारिश्रमिक १ हप्ता भित्र उपलब्ध गराउनु पर्ने, सुर्खेत बहुमुखी क्याम्पसले खुला गरेको व्यवस्थापन संकायको शिक्षक सहायकको विज्ञापनको प्रक्रिया रोक्नु पर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

यस्तै सुर्खेत बहुमखी क्याम्सको विषयलाई लिएर विद्यार्थी तथा आंशिक शिक्षकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरी समेत दिएका छन् । उनीहरुले रकम हिनामिना, रसिद च्यातेको भन्दै १८ साउनमा उजुरी दिएका हुन् ।

आयोग कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमकाअनुसार एउटै विषयमा तीन वटा उजुरी अख्तियारमा आएका छन् । उनले खबरदृष्टिसँग भने ‘उहाँहरु १८ गते पनि आउनुभएको थियो, अनि आज पनि आउनुभएको थियो, एउटै विषयमा तीनवटा उजुरी हाम्रो कार्यालयमा आएका छन्, रसिद च्यातेको, रकम हिनामिना गरेको लगायतका आरोपमा उजुरी आएको छ, हामीले सफ्टवेयर मार्फत उजुरी परिक्षणमा पठाएका छौँ, उताबाट निष्कर्ष आएपछि हामीले अनुसन्धान थाल्छौँ ।’

साथै उनले उजुरीकर्ताले आफ्नो नाम लेखेको पद नखुलाएको हँुदा उजुरी कसले दिएको भनि अहिले नै भन्न नसकिने बताए । यता, क्याम्पसकी सुचना अधिकारी गिरीले भने उजुरीबारे आफुलाई कुनै पनि जानकारी नभएको बताइन् ।

प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार