
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिक मा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन २३ गते मंगलबार