२०८३ वैशाख ८ , मंगलबार

सुर्खेत बहुमुखी क्याम्पसको ताला स्ववियुले फुटायो



सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा आंशिकका शिक्षकहरुले लगाएको ताला स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले फुटाएको छ । मंगलवार क्याम्पसमा अध्यापनरत आंशिकका शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राख्दै कार्यालय प्रमुख माधवप्रसाद खनालको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उक्त तालाबन्दी बुधवार स्ववियुले फुटाएको क्याम्पसकी सुचना अधिकारी मीनाकुमारी गिरीले खबरदृष्टिलाई जानकारी दिइन् ।

बुधवार बिहान आंशिकका शिक्षकहरुले विद्याथीहरुलाई नपढाएको हुँदा स्ववियुले तालाबन्दी फुटाएको उनको भनाई छ । यता, सुर्खेत बहुमुखी क्याम्पस स्ववियुका सभापति अक्कलबहादुर सिजापातीले परिक्षा आउने बेला नै क्याम्सपमा तालाबन्दी गरेर आंशिकका शिक्षकहरुले पठनपाठन रोकेको हुँदा आफुहरु तालाबन्दी फुटाउन बाध्य भएको जानकारी दिए ।

तालाबन्दी फुटाएर पठनपाठन सुरु हुन्छ त भन्ने प्रश्नको जवाफमा उनले कार्यालय प्रमुखलाई सबै समस्या समाधान गर्न लगाउने यदी नभएमा स्ववियु अर्काे एक्सनमा जाने बताए । उनले खबरदृष्टिसँग भने ‘पठनपाठन बन्द गरी बस्ने प्रमुखको कार्यालयमा तालाबन्दी गर्ने, परिक्षा नजिक आइसकेको छ, त्यसैले हामीले ताला फुटाएका छौँ, उहाँहरुको पारिश्रमिक नपाएको भन्ने विषय छ, हामी कसरी हुन्छ त्यो दिन लगाउँछौँ, जसरी हुन्छ विद्यार्थीहरुलाई पढाउनुपर्छ ।’

प्रकाशित मिति : २०८० साउन २४ गते बुधबार