२०८३ वैशाख ८ , मंगलबार

प्रमिला गिरिको हत्याका आरोपी मृत अवस्थामा फेला



सल्यान । सल्यानमा हत्यामा संलग्न भएका एक जना आरोपी मृत अवस्थामा फेला परेका छन् । चारदिन अघि शारदा नगरपालिका १४ माल्नेटामा ४७ वर्षीया प्रमिला गिरिको हत्याका आरोपी अन्दाजी ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेका हुन् ।

उनी आफ्नै घर नजिकै तुसारेस्थित एक घरमा झुन्डिएको अवस्थामा बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाँस काटन गएकी प्रमिला गिरी घर नजिकै बारीमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको दिनमै आफन्तले किटानी जाहेरी दिएपछि गिरी साउन २१ गते बेलुकीदेखि फरार रहेका थिए ।

मृत अवस्थामा भेटिएकी महिलासँगै प्रहरीले हँसिया समेत बरामद गरेका थियो । हत्याका आरोपी मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहीबार