२०८३ वैशाख ८ , मंगलबार

लम्पी स्किनबाट नलगाड–४ मा ३७ गाईगोरु मरे



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ मा लम्पी स्किनको सङ्क्रमणबाट मृत्यु हुने पशुको संख्या ३२ पुगेको छ । वडा अध्यक्ष बद्री पन्तका अनुसार साउन २४ गतेसम्मको विवरण अनुसार गोरु २१ वटा, गाई ९ वटा र ३ वटा पशु मरेको हुन् ।

लहँका किसानले पालेका तीन सय बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका थिए । लम्पी स्किनका कारण गाई गोरुको छालामा गिर्खा निस्किने, ज्वरो आउने,शिथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसान गणेशबहादुर थापाले बताए ।

यो रोगबाट सिमाऔल, बाउसेखोला, माझगाउँ, भात्चिउरा, कोठी गाउँ मान्चौरमा सबैभन्दा धेरै गोरु र गाई प्रभावित भएका वडा अध्यक्ष पन्तले जानकारी दिए । धमाधम गाई गोरु मरेपछि यहाँका किसान चिन्तित भएका छन् । जोत्ने समयमा गोरु मरेको हुँदा सरकारले राहतको व्यवस्था गर्नुपर्ने किसानहरुको माग रहेको छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहीबार