
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन ३० गते सुर्खेत आउन लागेका छन् । पार्टीले आयोजना गरेको प्रादेशिक प्रशिक्षण कार्यक्रममा सहभागि हुन उनी सुर्खेत वीरेन्द्रनगरमा आउन लागेका हुन् ।
उनिसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, उपमहासचिवद्वय जनार्दन शर्मा ‘प्रभाकर’, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरु प्रशिक्षण कार्यक्रममा सहभागि हुन् वीरेन्द्रनगर आउन लागेको प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
‘प्रधानमन्त्रीसँगै अरु नेताहरु पनि आउने कुरा भएको छ, तर, वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम कहाँ गर्ने हो ? केही टुंगो लागेको छैन्, सिटिहलमा गर्ने कुरा थियो, त्यहाँ मर्मत गर्दै छन्, शुभ होटेलमा पनि गर्ने भनि कुरा चलेको छ, जहाँ राम्रो हुन्छ त्यही हुन्छ होला’ उनले भनिन् ।
उनका अनुसार सिटि हलमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका पालिका कमिटीका पदाधिकारीहरु भन्दा माथिका सबै कार्यकर्ता, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरुको सहभागिता रहने छ ।प्रधानमन्त्री प्रचण्डले साउन ३० गते प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरी उनी सोही दिन काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।