२०८३ वैशाख ८ , मंगलबार

भेरी नदीमा खसेर जाजरकोटका एक जना बेपत्ता



जाजरकोट । जाजरकोटमा एक जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षीय नरु बहादुर चन्द नदीमा खसेर बेपत्ता भएका हुन् ।

उनी शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ जाने क्रममा छेडागाड नगरपालिका–१३ गारातारास्थित सुर्खेत छिन्चु जाजरकोट सडकखण्डको छेउबाट चिप्लिएर खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

बेपत्ता चन्दको खोजी कार्य शनिबारबाट निरन्तररुपमा भइरहेको, तर नदीमा पानीको बहाव बढ्दै गएकाले खोजी कार्यमा केही समस्या भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए । उनले खोजी कार्यका लागि सुर्खेतका प्रहरीलाई समेत खबर गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार