सुर्खेत । नेपाल समाजवादी पार्टीको कर्णाली प्रदेश अध्यक्षमा लक्ष्मीप्रसाद भट्टराई चयन भएका छन् । शनिवार र आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको भेलाबाट भट्टराई चयन भएका हुन् ।
उनको नेतृत्वमा १ सय ५१ प्रदेश कमिटी समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा हुम्लाबाट धनबहादुर भण्डारी, कालिकोटबाट जनकबहादुर विष्ट, सुर्खेतबाट अनिता मल्ल, जुम्लाबाट मनबहादुर नेपाली, जाजरकोटबाट झलक बुढा र रुकुम पश्चिमबाट नारायण गिरी चयन भएका छन् ।
यसै गरी मुख्य सचिवमा कालीकोटबाट भीमबहादुर बोहोरा, सचिवमा दैलेखबाट कल्पना श्रेष्ठ, जुम्लाबाट राजु चौलागाई सल्यानबाट सन्तोष बिक र कोषाध्यक्षमा रुकुम पश्चिमबाट धनराज वली प्रदेश कार्यसमिति चयन गरिएको नवनिर्वाचित प्रदेश अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईले जानकारी खबरदृष्टिलाई जानकारी दिए ।
नेपाल समाजवादी पाटीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले प्रशिक्षण दिएका थिए । नवनिर्वाचित अध्यक्ष भट्टराईले प्रदेश कमिटी गठनसँगै भदौ ६ गतेदेखि २५ गतेसम्म १० वटै जिल्लामा बैठक तथा भेलाहरू गरिसक्ने बताएका छन् ।
उनले आफ्नो पार्टीले जिल्ला भेला गर्ने देखि जनताका मुद्दा बोकेर अगाडी बढ्ने बताए । अध्यक्ष भट्टराईले प्रदेश मात्रै नभएर स्थानीय तहमा पनि भ्रष्टाचार र बेथिति धेरै भएकाले सबै क्षेत्रमा पुगेर बेथिति अन्त्य गर्ने गरी विभिन्न अभियान चलाउने बताए ।