२०८३ वैशाख १० , बिहीबार

एमालेको अवरोधले आज पनि संसद् चलेन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान एमालेले राखेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

सोमबार बैठक शुरु भएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।त्यसपछि सभामुखले कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न दिएका थिए । उनले बोलेलगत्तै एमालेका सांसद मानबीर राईले बोल्ने मौका पाएका थिए ।

उनले सत्तापक्षले सुन प्रकरणमा छानबिन गर्न कुनै मनसाय नदेखाएको र सरकारले अरुको कुरा नसुनेको भन्दै विरोध जनाएका थिए । त्यसपछि पनि एमाले सांसदहरूले निरन्तर उठेर विरोध जनाएका थिए । एमाले सांसद नाराबाजीमा उत्रिएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार