
सुर्खेत । पहिरोले अवरुद्ध बनाएको सुर्खेतको धरमपोखरा–अवलचिङ्ग सडकखण्ड पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत चिङ्गाड गाउँपालिका–५ को लामाडाँडामा लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक करिब पाँच घण्टा पछि दुइतर्फी सञ्चालनमा आएको हो ।
गुराँस गाउँपालिकाबाट एक जना ठेकेदारको निजी डोजर बोलाएर पहिरो पन्छाइएको र सवारी चल्न थालेको चिङ्गगाड गाउँपालिका वडा नम्बर–५ का वडाअध्यक्ष लालबहादुर जिसीले खबरदृष्टिलाई जानकारी दिए ।



प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार