जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई निर्देशन दिएको छ । सोमवार एक सुचना जारी गर्दै गाउँपालिकाले २८ भदौभित्र जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र शिक्षकले गाउँ कार्यपालिकाको कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवालले अस्थायी, करार, राहतमा कार्यरत सबै शिक्षक तथा कर्मचारी, लोकसेवा आयोगकमार्फत सिफारिस भई स्थायी नियुक्ति लिएका कर्मचारी र अन्य सेवाबाट समायोजन भएका कर्मचारीले गाउँ कार्यपालिकाको कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने जानकारी दिए । यदि तोकिएको समयमा भित्र सम्पत्ति विवरण नबुझाएमा कानुन बमोजिम जरीवाना लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार