मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका– सीप चिप्ले गौडामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला अस्पताल ल्याउँदै गर्दा सोरु गाउँपालिका– ५ का लोक जंग नेपालीको मृत्यु भएको हो । अन्य चार जना घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार हुम्ला जिल्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थरका २ जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको यसअघि नै मृत्यु भइसकेको थियो । सोरुकोटबाट मुगु जाँदै गरेको ज १ च ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो ।
जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको हो । मृत्यु हुने चार जना हुम्लाकै हुन्। सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए। घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन।