
सुर्खेत । यती बेला तीज गीतहरू धमाधम बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लामो समयदेखि साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका जाजरकोटका दिल विक्रम शाहीको तीज गीत ‘बाबु को माया’ सार्वजनिक भएको छ । मङ्गलवार उक्त तीज गीत एप्पल मिडिया अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।सार्वजनिक भएको हो ।
दल बुढाले भरेको सङ्गीतमा चर्चित लोकदोहोरी गायक गणेशकुमार वली, वीर खाण ठकुरी, गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतमा बाबु दिलविक्रम शाही र जाजरकोटकै डिल मिलन केसीको शब्द सिर्जना रहेको छ । गीतको अडियो मालश्री रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ । म्युजिक एरेन्ज विनोद बाजुरालीले गरेका छन् ।
रेकर्डिङ सागर बाजिराली र गोविन्द पराजुलीले गरेका छन् भने मिक्सिङ्ग खडक बाजुरालीको रहेको छ । विष्णु भट्टराईको निर्देशनमा रहेको भिडियोमा टिकटक भाइरल गुल्मेली हिरा थापामगर र सन्तोष शर्मा लगायतको अभिनयमा भिडिओ निर्माण गरिएको छ । शिखर केसीको कोरियोग्राफी रहेको भिडियो सम्पादन विष्णु भट्टराईले गरेका छन् भने भिडियो निर्माण आशिष् फिल्मीद्वारा गरिएको छ ।
भिडियो हेर्नुहोस् ।