२०८३ वैशाख १० , बिहीबार

भिरबाट लडेर एक जनाको मृत्यु



रुकुमपश्चिम । रुकुमपश्चिममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्रीको मृत्यु भएको हो ।

खत्रीको सोलाबाङ बजारबाट घरतर्फ जाने क्रममा बादुरे मान्छे बस्ने डाँडा गोरेटो बाटोबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी २ सय मिटर तल खसेका थिए ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार