२०८३ वैशाख ११ , शुक्रबार

संविधानको उल्लंघन गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा



काठमाडौँ । सभामुखले समेत मत दिएर कोशी प्रदेशका उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ। सभामुखको र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिका मा हरेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो।

उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ। पक्ष विपक्षमा बराबरी मत खसेको अवस्थामा मात्रै सभाअध्यक्षले निर्णायक मत दिन पाउने संवैधानिक र काननुी व्यवस्थाकाको उल्लंघन गर्दै मन्सुरीको मत गणना गरेर विश्वासको मत पाएको घोषणा गरेको हो। यसअघि सभामुखले हस्ताक्षर गरेर बहुमत देखाएको सत्ता पक्षले यसपटक सभामुखले गैरकानुनी रुपमा बलजफ्ती मत दिएर विश्वासका पाएको घोषणा गरिएको हो।

प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार