२०८३ वैशाख ११ , शुक्रबार

काठमाडौंबाट पोखरा जाँदै गरेको बस खस्यो त्रिशूलीमा



काठमाडाै । त्रिशूली नदीमा बस खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०ः४० बजे त्रिशूली नदीमा खसेको हो ।

एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार