२०८३ वैशाख ११ , शुक्रबार

हुम्लाको चंखेलीमा बन्चरो प्रहारबाट एकजना घाइते



हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको चंखेली गाउँपालिका– ६ चरिगाउँमा बन्चरो प्रहारबाट एकजना घाइते भएका छन् । ४० वर्षीय बाँचे बुढाले बन्चरो प्रहार गर्दा सोही गाउँकै ४० वर्षीय कर बुढा घाइते भएका हुन् ।

मंगलवार राति भएको झगडापछि बाँचे बुढाले बन्चरो प्रहार गर्दा कर बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मेल्छाम प्रहरी चौकी पिप्लाङबाट प्रहरीटोली घटनास्थलतर्फ गएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार