२०८३ वैशाख ११ , शुक्रबार

नेकपा एस सुर्खेतका अध्यक्षसहितको जम्बो टोली एमाले प्रवेश



सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवालसहित ६२ जनाले एमालेमा प्रवेश गरेका छन् । बुधबार एमाले महासचिव शंकर पोखरेलले नेकपा (एस) का सुर्खेत अध्यक्ष मोहन बडुवालसहित बहुमत जिल्ला कमिटी सदस्यहरूलाई एमालेमा प्रवेश गराएका हुन् ।

पार्टी विभाजन हुनु भन्दा अगाडि बडुवाल एमालेको जिल्ला सचिव रहेका थिए । पछि नेकपा विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए । साथै सोही पार्टीका प्रगतिशील इन्जिनियर एसोसिएसन कर्णाली प्रदेश अध्यक्ष महेश ढुंगाना पनि एमालेमा समाहित भएका छन् । समाजवादीका प्रदेश कमिटी सदस्यहरू, सुर्खेत जिल्ला कमिटी सदस्यहरु तथा विभिन्न संगठनमा रहेकाहरु पनि एमालेमा फर्केका छन् ।

अध्यक्ष माधव नेपालको ललिता निवासको भ्रष्टाचार काण्डविरुद्ध विद्रोह गर्दै उनीहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई महासचिव पोखरेलले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार