सुर्खेत । वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका- ३ एरिचाेक नजिकै एक होटलबाट उनीहरूलाई प्रकाउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २ लाख १९ हजार ९ सय रुपैयाँ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले खबरदृष्टिलाई जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार