२०८३ वैशाख ११ , शुक्रबार

बालेनलाई कांग्रेस पार्टीमा ल्याउनुपर्छ : सहमहामन्त्री आङ्देम्बे



काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाको स्वतन्त्र नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र रचनात्मक काम गरेरै काठमाडौंका स्वतन्त्र नगरप्रमुख बालेन साह चर्चामा रहेको बताए ।

रचनात्मक अभियानको नेतृत्व गरेका साहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो । ‘अब त्यो अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेर बालेनजीजस्तो क्रियटिभ साथीलाई पनि पार्टीविहीन बस्न नदिने, अब उहाँलाई पनि कांग्रेसमै ल्याउने वातावरण पनि यही नेपाली कांग्रेसले गर्नुपर्छ । यसको लागि पनि क्षेत्र नं. ३ बाट तपाईंहरुले सुरु गर्नुहोस् ।’

तर, उनले आफ्नो पार्टीले काठमाडौं र देश विकासको लागि नेतृत्व गर्दै अर्बौँको भौतिक संरचना निर्माण गरे पनि त्यसको प्रचार नगरेको दाबी गरे ।

प्रकाशित मिति : २०८० भदौ ९ गते शनिबार