
सुर्खेत । प्रोवेशन कार्यक्रममा आवद्ध साकोसहरुको सिकाई आदानप्रदान गर्ने कार्यक्रम भेरि कर्णाली क्लस्टर प्रथम को ३३ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला जनहितकारी साकोसको आयोजनातथा नेफ्सकूनको प्राविधिक सहयोगमा सम्पन्न भएको छ । वीरेन्द्रनगर सुर्खेत स्थित संस्थाको मुख्य कार्यालयको हलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्षश्री हरिहरनाथ योगीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यता कर्णाली प्रदेश, सहकारी रजिष्टार कार्यलयका रजिष्टार श्री खुम प्रसाद सुवेदीले गरेका थिए भने, वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य एवंम् वडा नम्बर ४ का वडाध्यक्ष श्री शेर बहादुर केसीको विशिष्ट अतिथिको आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला सहकारी संघ दाङ्गका लेखा समिति सदस्य निरञ्जन कुमार गौतम तथा नेफ्सकून फिल्ड कार्यलय सुर्खेतका प्रमुख चन्द्र प्रसाद जोशी लगाएतको आथित्यता रहेको उक्त कार्यक्रमको सहजिकरण नेफ्सकून कार्यक्रम अधिकृत पवनजंग मल्लले गरेका थिए ।
सहजिकरणका क्रममा मल्लले तरलता व्यवस्थापनका सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विशिष्ठ अतिथि सहकारी रजिष्टार खुम प्रसाद सुवेदीले सहकारी क्षेत्रमा देखा पर्ने वित्तिय संकटहरुको मोचनगर्न ऋण तथा बचतमा उच्च सहभागिता स्तर वृद्धि गर्नु, लगानी योग्यकोषको विकास गर्ने, र दिर्घकालिन दायित्वको समुचित व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिंँदै यस्ता खालका कार्यकुशलता तथा सिकाई आदान प्रदन कार्यक्रमले टेवापुग्ने भएकाले निरन्तरताको शुभकामना दिएका थिए ।
यस्तै सभाध्यक्ष एवंम् संस्थाका अध्यक्ष हरिहरनाथ योगीले सहकारी क्षेत्रको समृद्धि, विकास, स्तरिकरण तथा प्रवद्र्धनका लागि स्थानिय सरकारी निकायले आवश्यक बजेट विनियोजन गरी समयसापेक्ष उचित कार्यक्रमहरु लागु गरिनु आवश्यक भएको उल्लेख गर्नुहुँदै नेफ्सकुनले साकोस अभियानलाई थप मजबुद भूमिका खेलिरहेकोमा आभार व्यक्त गरे ।
उनले आजको यस कार्यकुशलता तथा सिकाइ कार्यक्रममा मन, दिल खोलेर आफ्ना भोगाई र सिकाइका अनुभवहरु आदानप्रदान गरेर आफ्नो क्षेत्रको संस्थामा आवश्यक सिपसिकाई उपयोग र अनुशरणतथा सुशासन कायम गरी उत्कृष्ट साकोस बनाउन प्रयत्नशिल रहनुपर्ने कुरामा जोड दिए ।
भेरी कर्णाली क्लस्टरका सम्पूर्ण सहकारी संस्थाका प्रोवेशन कार्यक्रम कार्यदल प्रतिनिधिहरुको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमको औचित्यथा माथि प्रकाश पार्दै आयोजक संस्थाको तर्फबाट संस्थाका कोषाध्यक्ष एवंम् प्रोवेशन कार्यक्रम कार्यदलका संयोजक श्री नवराज कँडेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक तथा प्रोवेशन कार्यदलका सदस्यश्री कृष्ण प्रसाद गौतमले गरेका थिए,भने संस्थाका प्रबन्धक हिमलाल गौतमले संस्थागत प्रस्तुतिकरण गरेको संस्थाका सूचना अधिकारी भोज प्रसाद आचार्यले जानकारी दिए ।
उक्त कार्यक्रममा भेरी कर्णाली प्रथम व्याचका सहयोगी साकोस, तुल्सीपुर, राप्तीविश्वासी साकोस, तुल्सीपुर, प्रगती साकोस, बर्दिया, डिग्रे शाही कुमारी साकोस, रुकुम, प्रगती साकोस, सल्यान, लगाएत ६ ओटा सहकारीहरुको समेत संस्थागत प्रस्तुतिकरण राखिएको थियो ।
कार्यक्तममा, प्रोवेशनकार्यक्रम कार्यदलका विभिन्न पदाधिकारीहरु, आयोजक संस्था जनहितकारी साकोसका सम्पूर्ण सञ्चालक, उपसमिति सदस्यहरु, सेवाकेन्द्र प्रमुखद्धय श्री मित्रेन्द्रनाथ योगी तथा प्रेम आचार्य लगाएतसम्पूर्ण कर्मचारी सहित ७१ जनाको सक्रिय सहभागितामा रहेको थियो । बैठकले आगामी ३४ औं कार्यशाला गोष्ठी आगामी मंसिर २३ गते गर्ने समेत निर्णय गरिएको संस्थाका सूचना अधिकारी आचार्यले जानकारी दिए ।
तस्बिर हेर्नुहोस् ।





