२०८३ वैशाख ११ , शुक्रबार

नेपाल प्रहरीका १४ जना सम्पर्कविहीन



काठमाडौँ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। प्रहरीले आइतबार सूचना जारी गर्दै सात दिन भित्रमा हाजिर हुन निर्देशन दिएको हो। तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ।

‘आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला सूचनामा भनिएको छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला सूचनामा भनिएको छ, ‘अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको ब्यहोरा जानकारी गराइएको छ।’

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार