
प्रहरीको फरार सूचिमा रहेका सन्तोष रोका ।
रुकुम पश्चिम । बैङ्किङ कसुर मुद्रामा रुकुम पश्चिममा निर्माण व्यवसायी फरार रहेका छन् । नेपाली काँग्रेस सानीभेरी गाउँपालिका रुकुम पश्चिमका सभापति एवम् निर्माण व्यवसायी सन्तोष रोका फरार भएका हुन् । बैङ्किङ कसुर मुद्रामा अदालतबाट पक्राउ पुर्जी जारीभएपछि रोका फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार सानीभेरी गाउँपालिका ७ निवासी ३५ वर्षीय रोका विरुद्ध बाँफिकोट गाउँपालिका वडा नम्बर २ का गोपाल पौडेलले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएका थिए । ठेक्कापट्टाको कार्यमा संलग्न रोकाले पौडेललाई २८ लाख रुपियाँका दुई चेक दिएको, तर दुवै चेकमा पर्याप्त रुपियाँ नभएकोले चेक बाउन्स भएका थिए ।
२५ लाख र तीन लाख रुपियाँका दुई चेक रहेका बैङ्क खातामा पर्याप्त रकम नभएपछि पौडेलले उक्त मुद्दा दिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयमा प्रमाण अनुसार मुद्दा दर्ता भएपछि रुकुम जिल्ला अदालतबाट रोका विरुद्ध गत साउन २८ गते पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसयता रोका फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । रोकाले उनका मामा शशिराम रावतको नाममा रहेको सानीभेरी निर्माण सेवा मार्फत निर्माण सेवाका काम गर्दै आएका छन् । मूलपाटीबाट