सुर्खेत । रुकुम पश्चिमबाट लागु औषध मुद्दाका एक जना फरार प्रतिवादी, पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका–२ बस्ने वर्ष ३५ का टेक बहादुर रावल रहेका छन् । उनलाई मुसिकोट नगरपालिका–१ खलङ्गा बजार स्थित लुकीछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
रावललाई सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लागत नम्बर १२३० को १८ वर्ष कैद र ८ लाख आठ लाख ) जरिवाना तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए । फरार प्रतिवादी रावललाई हाल जिल्ला अदालत रुकुमले कैद सजाय र जरिवाना असुल उपर लागिको जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार