२०८३ वैशाख ११ , शुक्रबार

मन्त्री पोखरेलद्वारा लेकवेशीमा खानेपानी योजनाको उद्घाटन 



दुर्गा विसी, सुर्खेत । तिजुबोट बडिपाटी  खानेपानी तथा सरसफाइ समितिको प्रथम साधारण सभा तथा सार्वजनिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मङ्गलवार एक कार्यक्रमका बिच लेकवेशी –१० बडिपाटी स्थित रानीवनको  प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

एकीकृत जलस्रोत व्यवस्थापन कार्यालय हेन्भेटास र लेकवेशी नगरपालिकाको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र स्याक नेपालको प्राविधिक सहयोगमा लेकवेशी–१० बडिपाटीमा  ३१४  अर्थात् एक घर एक धाराको साथै एक मा.वि, एक निजी स्कुल, एक  सामुदायिक वनको कार्यालयमा धारा सञ्चालन भएको छ ।

उक्त कार्यक्रममा  कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्ग बहादुर पोखरेलले खानेपानीको धारा खोलेर उद्घाटन गरेका छन् । तिजुबोट बडिपाटी खानेपानी तथा सरसफाइ समिति सचिव भूपेन्द्र बहादुर  खड्काले  आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै  समाज जागरण केन्द्र स्याक नेपालका फिल्ड संयोजक नेत्र विक्रम थापाले खानेपानी कार्यविधि तथा कार्य योजना प्रतिवेदन प्रस्तुत गरेका थिए ।  उक्त  कार्यक्रममा छोटो समयमा राम्रो काम गरेको भनी तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ योजनालाई लेकवेशी नगरपालिकाबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

पानीको अभावमा लाइन लागेका ग्रागी हटाई घर घरमा धारा ल्याउन सहयोग गरेको भनी तिजुवोट बडिपाटी खानेपानी तथा सरसफाइ योजनाले लेकवेशी नगरपालिका, लेकवेशी नगरपालिका वडा नम्बर १० , हेल्भेटास नेपाल , समाज जागरण केन्द्र स्याक नेपाललाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार