२०८३ वैशाख ११ , शुक्रबार

उपाध्यक्षद्वारा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री



दुर्गा विसि, सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा रेग्मीले अनाथ बालबालिकालाई जन्मदिनको अवसरमा स्टेशनरी सामाग्री हस्तान्तरण गरेकी छन् । बिहीबार ५७ औँ जन्मदिनको अवसरमा उनले कापी, कलम, ब्याग सहितका सामाग्री अनाथ बालबालिकालाई विशेष अवसर पारेर वितरण गरेकी हुन् ।

बाबु आमा नभएका अनाथ टुहुरा बालबालिकालाई पढाइमा सहयोग हुने हेतुले शैक्षिक सामग्री वितरण गरिएको उपाध्यक्ष रेग्मीले जानकारी दिइन् । जन्मदिनको अवसरमा स्टेशनरी लिन गाउँपालिकाको कार्यालयसम्म टाढाबाट आएका बालबालिकालाई घरसम्म पुग्नको लागि भाडाको समेत व्यवस्था गरिएको उनले बताइन् ।

पढाइका लागि स्टेशनरी सामाग्रीको समस्या नहोस् भनेर अन्य फजुल खर्चबाट कटाएर यो काम रोजेको उपाध्यक्ष रेग्मीको भनाइ छ । शुभकामना दिने वक्ताहरूले समाजमा हरेक व्यक्तिले यस्ता अवसरमा अन्य फजुल खर्च गर्नु भन्दा यस्तै उदाहरणीय काम गर्न उनले आग्रह गरेकी छिन् ।

उपाध्यक्षले आयोजना गरेको सो कार्यक्रम गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्द, वडा अध्यक्ष गुलाम सिंह ठकुरी, मोहन चन्द, पूर्व उपाध्यक्ष चन्द्रकला शाही ,विभिन्न शाखा प्रमुखहरू, साहित्यकार तथा महिला नेतृ कोकिला सिंह ठकुरी, गाउँपालिकाका कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

साथै सो अवसरमा शुभकामना समेत व्यक्त गरिएको थियो । सिम्ताका विभिन्न वडाका विभिन्न कक्षाका विभिन्न विद्यालयहरूमा अध्ययनरत अनाथ, टुहुरा, आमाबुवा नभएका २५ बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको थियो । गाउँपालिका उपाध्यक्षको यो सिर्जनात्मक कार्यको लागि सबैले प्रशंसा समेत गरेका थिए ।

No description available.No description available.

प्रकाशित मिति : २०८० भदौ १४ गते बिहीबार