सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा खाना खर्च मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका–११ रामघाट बस्ने वर्ष २९ का हरिनारायण सिंह ठकुरी रहेका छन् ।
उनलाई सुर्खेत जिल्ला अदालको लागत नम्बर ३७४७ को कैद सजाय १ बर्ष तोकिएको उनी हालसम्म फरार रहेका थिए ।
उनलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका सिँहलाई ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको जनाएको छ ।
प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार