सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा सञ्चालन भइरहेको नगर माइक्रो बसको भाडादर बढाइएको छ । इन्धनको बजार मूल्य बढेकाले नगर माइक्रो बसको भाडा पनि बढाइएको संयुक्त यातायात व्यबस्थापन समितीले जनाएको छ ।
समितीले गत असार १ गतेबाट वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्दै आएको छ । हालसम्म समितिले वीरेन्द्रनगरका जुनसुकै चोकमा जाँदा पनि २० रुपैयाँ कायम गरेको थियो । तर, अब भने समितीले शनिवारबाट लागु हुनेगरी नयाँ भाडा दर कायम गरेको छ ।
अब वीरेन्द्रनगरका जुनसुकै चोकमा जाँदा ३० रुपैयाँ लाग्ने भएको छ । हाल संयुक्त यातायातले नगर क्षेत्रका भित्री सडकहरु दैनिक १४ वडा नगर माइक्रो बस सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार