२०८३ वैशाख ११ , शुक्रबार

सुर्खेतका ११ हजार उद्योगका फायल स्थानीय तहलाई हस्तान्तरण



तस्विरः सुशील खड्का।

सुर्खेत । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले वाणिज्य तथा लघु घरेलु उद्योगका फायलहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । निर्देशनालयमा दर्ता भएका फायलहरु शुक्रवार स्थानीय तहलाई बुझाएको हो ।

सुर्खेतमा दुवैतर्फका उद्योगहरु ११ हजार ६७८ वटा छन् । यीमध्ये बाणिज्यतर्फ ११ हजार ५७९ र लघु घरेलु उद्योगतर्फ ९९ वटा उद्योग सञ्चालनमा रहेको पाइएको छ । तथ्यांक अनुसार सबै भन्दा धेरै वीरेन्द्रनगरमा वाणिज्यका सात हजार ७२० र उद्योगतर्फ ६१ वटा छन् ।

भेरीगंगा नगरपालिकामा एक हजार तीन, गुर्भाकोट नगरपालिकामा ९७१, लेकवेशी नगरपालिकमा ३६१, पञ्चपुरी नगरपालिकामा ४५६, सिम्ता गाउँपालिकामा ३२७, चिङ्गाड गाउँपालिकामा २५०, बराहताल गाउँपालिकामा २५२ चौकुने गाउँपालिकामा २७७ वटा बाणिज्य र लघु घरेलु उद्योग रहेका छन् ।

१० लाखसम्म वाणिज्य र तीन लाख स्थिर पूँजी भएका लघु घरेलु उद्योगहरु सम्बन्धित स्थानीय तहहरुले नै हेर्ने व्यवस्था भएपछि त्यसबमोजिमका फायल पालिकालाई हस्तान्तरण गरिएको निर्देशनालयका प्रमुख मुकुन्दनाथ योगीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार