२०८३ वैशाख ११ , शुक्रबार

बालिका बलात्कार गरेकाे आरोपमा रुकुमका एक युवक पक्राउ



डोल्पा । डोल्पामा बालिका बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ बस्ने १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रुकुमपश्चिमका एक युवकलाई डोल्पा प्रहरीले पक्राउ गरेको हो ।

बालिका बलात्कार आरोपमा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय चिरञ्जीवी बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । बोहोरा पेसाले सवारी चालक हुन् ।

बोहोराले बालिकालाई आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप छ । प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार बोहोराको कोठामा बलात्कार पुष्टि हुने प्रमाणहरु भेटिएका छन् । उद्यपि, घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० भदौ १५ गते शुक्रबार