२०८३ वैशाख ११ , शुक्रबार

एमालेमा होइन, माओवादीमा पहिरो जान जरुरी छ : शंकर पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक सामु तीन प्रकारका चुनौती रहेको भन्दै मुलुकमा धेरै दल होइन बलिया दल हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले धेरै दलका कारण आज मुलुक अत्यन्त ठुलो सङ्कटबाट गुज्रिरहेको बताए ।

‘मुलुकमा अहिले तीन प्रकारका चुनौती रहेका छन् । पहिलो चुनौती राजनीतिक अस्थिरता र अराजकता हो’, उनले भने, २०४६ पछि मुलुकले २८ जना प्रधानमन्त्री बेहोरेको छ । तर जबसम्म बलियो सरकार बन्न पाउँदैन तबसम्म जनताको समृद्धिको आकाङ्क्षा पुरा हुन सक्दैन ।’

उनले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेमा पहिरो जाँदैछ भनेर भ्रम फैलाएको आरोप समेत लगाए । ‘नेकपा एमालेमा होइन अब माओवादीमा पहिरो जान जरुरी छ । देशभक्तहरू आउनुस् एमालेमा, विकास र समृद्धिको चाहना राख्नेहरू आउनुस् एमालेमा’, पोखरेलको आव्हान छ । उनले नेकपा एमालेलाई बलियो बनाउन आफू र उपाध्यक्ष विष्णु पौडेल एक रहेको दाबी समेत गरे ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार