२०८३ वैशाख १२ , शनिबार

हरिहरदेव पन्तको स्मृति दिवसमा तारा नेपाली पुरस्कृत



दुर्गा विसि, सल्यान । डाक्टर हरिहरदेव पन्तको आठौं स्मृति दिवसमा निर्धन उत्थान लघु वित्तिय संस्था बनगाड कुपिण्डे नगरपालिका १ सल्लिवजार शाखाद्वारा व्यवसायीक परियोजना सञ्चालन गरेका महिलाहरुलाइ सम्मानित गरेको छ । व्यवासायिक कृषि पेसा वा अन्य आय आर्जनका क्षेत्रमा कृयाशिल महिला दिदी वहिनिहरुलाइ वित्तीय संस्थाले सो अवसरमा विशेष सम्मान गरेको हो ।

सल्लिवजारको सबै भन्दा पुरानो वित्तीय संस्थाले आफ्नो राम्रो कामको समिक्षा र आगामी दिनमा कसरी अगाडि वढ्ने भन्ने विषयमा समेत समिक्षा गरेको थियो । डाक्टर हरिहरदेव पन्तको स्मृति दिवसको अवसर पारेर व्यवसाय विस्तार तथा विविधिकरण,लघु व्यवसाय वृद्धिका वारेमा जानकारी समेत गराएको छ ।

यो संस्थाले ठुला उद्योग, मध्यम, साना र जिविकोपार्जन लघुउद्यम जस्ता क्षेत्रमा काम गरिरहेको संस्थाका प्रदेश प्रमुख पुर्ण खड्काको धारणा रहेको थियोे । सोही स्मृति दिवसको अवसरमा संस्थाले सामुहीक तारा नेपालीलाई ५० हजार नगद सहित लघु उद्यम पुरस्कारबाट सम्मानित गरेको छ ।

कार्यक्रममा कर्णाली प्रदेशकी संसद लक्ष्मी सुनार, वडाध्यक्ष थुमवहादुर विसि, गणेश विसि, नेपाल रेडक्रस सोसाइटी उप–शाखा सल्लिवजारका सभापति पुष्कर विसि र सल्लि शाखा प्रमुख निमवहादुर घर्तीले धारणा राखेका थिए । आशा वलिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका जयवहादुर रिठालले गरेका थिए ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार