२०८३ वैशाख १२ , शनिबार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन



 

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको मंगलबार राति साढे १ बजे हृदयघातबाट निधन भएको अस्पताल स्रोतले बताएको छ।

उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा अस्पतालले गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता थिए । २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष रहेका थिए । २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए ।

प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार