२०८३ वैशाख १३ , आइतबार

जाजरकोटमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू



जाजरकोट । जाजरकोटमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू भएको छ । जाजरकोटको कुशे गाउँपालिका ८ जिन्तालामासोही ठाउँकी ६३ बर्षीया कालिकादेवी सिंहको अरिङ्गालको टोकाईबाट मृत्यू भएको हो ।

बाख्रा चराउन जंगल गएका बेला कालो अरिङ्गालले टोकेर उनको मृत्यु भएकोसोही वडाका वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए । मृतक सिंहलाई उपचारका लागि घरङगा स्वास्थ्य चौकीमा लिइएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यू भएको बताईएको छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार