२०८३ वैशाख १२ , शनिबार

गमगढी बजारमा आगलागी हुँदा ८ घर र ९ पसल जलेर नष्ट



सुर्खेत । मुगुको सदरमुकाम गमगढी तल्लो बजार कालिकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका छन् । शुक्रबार राती अन्दाजी १२ तिर बजे आगलागी हुँदा ८ घर र ९ वटा पसल जलेर पुर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार आगलागीबाट गमगढी बजारको पुतली शाहीको घरदेखि तार्के लामाको घरसम्म रहेका ८ वटा घर र ती घरमा रहेका ९ वटा पसल गोदाम जलेर नष्ट भएका छन् । तार्के लामा, सोनाम लामा, जङ्ग ऎडि, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदिप रावल र पुतली शाहीको घर पनि जलेका डिएसपी थापाले जानकारी दिए ।

जलेका पसलहरुमा महम्म्त साकिर कवडिया टेलर्ष, साजन सल्मानीहेयर कटिङ, सेर बहादुर मल्लको मोवाइल पसल, रुपदेवी बुढा तरकारी पसल,उद्दिम भाम होटेल,पिआर मल्ल फेन्सी पसल,लक्ष्मी मल्ल होटेल, नरेश शाही कम्प्युटर पसल र पुर्णा लक्ष्मी मल्लको ग्यास सिलिण्डर गोदाम रहेको छ ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए । आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए ।

उनका अनुसार शुक्रबार राति काठले बनेको एकघरबाट आगो सल्किएको थियो । विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार