२०८३ वैशाख १२ , शनिबार

पुमा खोलाले बगाएका पुरुषको शव फेला



रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने पुमा खोलाले बगाएका ५८ वर्षीय हिर्दु गिरीको शव फेला परेको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागीमका गिरीको शव दानी पिपल भन्ने ठाउँमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार पुमा खोला तर्ने क्रममा गिरी बेपत्ता भएका थिए । शनिबार खोजी कार्य गर्दा गिरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार