२०८३ वैशाख ११ , शुक्रबार

एमाले कर्णाली अधिवेशन : मतपत्र छपाई जारी, मतदान अनिश्चित



सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेृतत्व चयन प्रक्रिया लम्बिएको छ । शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान ७ बजिसक्दा पनि सुरू हुन सकेको छैन् । अहिले मतदानका लागि मतपत्र छपाई सुरू भएको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकामा शनिबार बिहान ८ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने भनिएको थियो ।

तर अपराह्न साढे ४ बजेपछि मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो । अझै पनि आजै मतदान हुने वा नहुने भन्ने यकिन नभएको निर्वाचन आयोगका अधिकृत मातृका खनालले जानकारी दिए । ‘मतपत्र छपाई भइरहेको छ, आजै मतदान गर्ने निश्चित भएको छैन,’ दिउँसो बत्ति नभएकाले मतपत्र छाप्न सकिएन् । अधिकृत खनालले भने ।

शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो । शनिबार राति नै मतगणना गरी आइतबार बिहान परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । एमालेको कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी छ । शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका छन् ।

कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अब मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ । शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन् ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार