
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ८१ मत खसेको छ । आइतबार वीरेन्द्रनगरमा जारी ३ः३१ मिनेटसम्ममा उक्त मत खसेको हो ।
दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएपनि निकै ढिलोगरी मतदान भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत मातृका खनालले अब छिटो–छिटो मतदान हुने बताए ।
प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार