
सुर्खेत । वीरेन्द्रनगरमा वेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगरको बाँगेसिमल नजिकैको जंगलमा वेवारिसे अवस्थामा शव फेला परेको हो । बाँगेसिमलमा रहेको प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिणतर्फ जंगलमा वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घास काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी बाँगेसिमलको टोली घटनास्थल पुगेको छ । मृत भेटिएका व्यक्ति पुरुष रहेको र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार