२०८३ वैशाख १२ , शनिबार

रुकुम पूर्वमा यात्रु सहायता कक्ष स्थापना



बिरस थापा, रुकुम पूर्व । विजया दशमी शुभ दीपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा चालक, सहचालक तथा यात्रु महानुभावहरूमा सहजताको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी भागको आयोजनामा रुकुम पूर्व स्थित विभिन्न यातायात सेवा प्रालिहरुको समन्वयनमा चाडपर्व विशेष यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

बुधवार जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि प्रसाद भट्टराईले एक औपचारिक कार्यक्रमका बिचमा उद्घाटन गरेको जिल्ला कार्यालय रुकुम पूर्वका प्रहरी वरिष्ठ हवलदार अर्जुनकुमार रणपालले जानकारी दिए ।

कुनै सवारीमा यात्रा गर्दा यात्रुको कुनै समस्या वा गुनासो भएमा नागरिक सहायता कक्षमा समस्या वा गुनासो भएमा कमलदह नजिकै रहेको यात्रु सहायता कक्षमा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।जिल्लामा यात्रु सहायता कक्ष स्थापना भइसकेपछि यात्रुलाई समस्या गुनासो र सजिलो यात्राको लागि र यात्रुको गुनासोको लागि यात्रु सहायता कक्षको स्थापना गरिएको हवलदार रणपालले जानकारी दिए ।

यात्रु सहायता कक्षको उद्घाटन भइसकेपछि कुनै पनि सवारीमा यात्रा गर्दा समस्या वा गुनासो भएमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वी भागको टोल फ्री नम्बर ०८८४१३०५२ र १०० त्यस्तै जिल्ला ट्राफिक कार्यालय रुकुम पूर्वी भाग ९८४२३६६३०१ सम्पर्क गरेर पनि समस्या वा गुनासो राख्न सकिने बताइएको छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार