२०८३ वैशाख १३ , आइतबार

यी प्रहरी छैनन् सम्पर्कमा, हाजिर हुन सात दिनको अल्टिमेटम



काठमाडौं । नेपाल प्रहरीका २६ जना कर्मचारी गैरहाजिर रहेका पाइएको छ। लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ। गैरहाजिर हुनेमा प्रहरी हवल्दार, सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी छन्।

प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ४ जना, प्रहरी जवान १७ जना र प्रहरी कार्यालय सहयोगी ३ जना गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै बाटोको म्याद बाहेक अबको ७ दिनभित्र आफू गैरहाजरिर रहनुको कारण खोली जवाफसहित उपस्थित हुन भनेको छ। उपस्थित नभएमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

757589

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार