२०८३ वैशाख १३ , आइतबार

ट्याक्टरको ट्रलीले च्यापिँदा एक जनाको मृत्यु



सुर्खेत । डोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डोल्पा ठुलिभेरी नगरपालिका–९ मोतिपुरमा त्रिपुराकोटबाट दुनैतर्फ जाँदै गरेको लु २ च ५९१५ नम्बरको मकै लोड गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक रूकुम पश्चिम आठबिसकोट नगरपालिका–९ राडी बस्ने २७ वर्षीय लक्की थापाको मृत्यु भएको हो ।

मृतक थापा ट्याक्टरको ट्रलीमा च्यापिएर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल दुनैमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार