२०८३ वैशाख १४ , सोमबार

एमालेले भुकम्प प्रभावित जाजरकोट र रुकुममा गरेको कामकाे चाैतर्फी प्रसंशा



सुर्खेत। नेकपा एमालेले गत महिना जाजरकोट र रुकुममा गएको भुकम्पबाट प्रभावितहरुकाे बासस्थानका लागि अस्थायी आवास बनाउने काम जारी राखेको छ। जाजरकोटमा हाल २५ समुहहरुले सक्रियरुपमा काम गरिरहेकाे एमाले नेता किरण पाैडेलले जानकारी दिएका छन्।

नेकपा एमाले स्वयंसेवक परिचालन अभियान नाम दिईएकाे अभियानमा थप ४ वटा समुहले साेमवारदेखि काम सुरु गर्ने उनलेे वताए। जुन भूगोलबाट अभियानमा जाेडिएकाे त्यसैकाे सुरु नामबाट काेड नं राखिएको छ। कर्णाली ( के वन ) नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सुर्खेतका प्रमुख गंगाराम तिमिल्सिनाकाे हाे। उनी नेतृत्वको टिम जाजरकोटकाे भेरी नगरपालिका – १ , पिपे रावत गाउँमा खटिएका छन्। के टु काेड सुर्खेतका एमाले नेता मोहन बडुवाल नेतृत्वको समूहकाे हाे। के थ्री एमाले सुर्खेतका सचिव कबिन्द्र केसी नेतृत्वको हाे। उनी नलगाड – १, चिउरीमा भग्नावशेस पन्छाउने र अस्थायी आवास बनाउने काममा खटिएका छन्। अखिल एक समूहकाे नेतृत्व बिनिता काफ्लेले गरिरहेकी छिन्। उनी भेरीनगरपालिका – ३, पिपलडाँडामा खटिएकी छन्। किरण गौतम , भेरी नपा १ रिम्ना, जिफन्ट १ कमल गौतम, भेरी – ३, थाप्ले जिफन्ट २ बंशी भट्टराई, भेरी – ३, थाप्ले, जिफन्ट ३ सार्की तामाङ, भेरी – ३, थाप्लेमा खटिएका छन्।

युवा संघबाट ठूलो संख्यामा स्वयंसेवक खटिएका छन्। एरिया विभाजन गरेर काेड सिस्टमअनुसार भग्नावशेषहरु हटाउने र अस्थायी आवास निर्माणकाे काम भैरहेकाे एमाले सुर्खेतका प्रचार प्रमुख गंगाराम तिमिल्सिनाले जनाए। युवा संघ १ काेड नंबरवाट अरुण कुँवरले नेतृत्व गरेका छन। उनी नलगाड – १, कलपथ, युवा संघ २, जिवन शाही, बारेकोट – १, शिल्पाचौर, युवा संघ ३, सुरज खरेल, नलगाड – ३, कट्के/ करुवा, युवा संघ ४ , सन्तोष ओली, नलगाड – ७, दल्ली, युवा संघ ५ , विकास अधिकारी, नलगाड -५, ऐररी, युवा संघ ६, नलगाड -६, थाप्लामा नेतृत्व गरिरहेका छन्। उपत्यका विशेषवाट रामजी सापकोटाले नेतृत्व गरिरहेका छन्। उनी नलगाड – १, चिउरीमा खटिएका छन्।

किसान महासंघ १, सरिता भुसाल/ कृष्ण दर्लामीकाे संयुक्त टाेलीले बारेकोट – ९, शक्ला, किसान महासंघ २ , उमेश गुप्ताकाे टाेलीले बारेकोट -१ शिल्पाचौर, किसान महासंघ ३ , बालकृष्ण देउजा नेतृत्वको टाेलीले – बारेकोट – ३, किसान महासंघ ४, प्रेम नारायण अधिकारीकाे टाेलीले बारेकोट – ५, किसान महासंघ ५, सरिता ओलीले नेतृत्व गरेको टाेलीले छेडागाड – ८, पौजामा भग्नावशेस हटाउने र अस्थायी आवास निर्माणका काममा लागिरहेका छन्। यस्तै, किसान महासंघ ६ नंवर टाेलीकाे नेतृत्व गरेका जिवन शाही, छेडागाड – ८, पौजा, सम्पर्क मन्च, जेवी शाही, भेरी – ३, थाप्ले, गोपाल नेपाली, कुशे – ७, धनराशी, स्थानीय, भक्त बहादुर बस्नेत, बारेकोट – १, शिल्पाचौर, बाग्मतीका अम्बिका पौडेल नेतृत्वको टाेलीले भेरी – ३, थाप्लेमा भग्नावशेस हटाउने र अस्थायी बासस्थान बनाउने काममा खटिईरहेकाे पाैडेलले जानकारी दिए।

उक्त अभियानकाे कर्णाली ३ नाम दिईएकाे टाेलीकाे नेतृत्व गरिरहेका एमाले नेता माेहन बडुवालले अहिलेसम्म आफ्नाे टिमले ३५ वटा घर र एउटा विद्यालयकाे भग्नाबशेष पन्छाएकाे र २ वटा अस्थायी आवास निर्माण गरिसकेको जानकारी दिए। प्रयाेग गर्न सकिने सामानहरु प्रयाेग गरेर अस्थायी घरहरु बनाएको र टिनकाे पाताहरु मागेर र नपाए किनेरै भएपनि स्वयंसेवक टाेलीले बनाईरहेकाे उनलेे वताए। पार्टीले याेजना मात्रै बनाएको खानेबस्ने र आवश्यक अन्य सामाग्रीहरु आफुहरुले खरिद गरेर प्रयाेग गरिरहेकाे बडुवालकाे भनाइ छ।

वडुवालले आगामी मंसिर १९ गतेसम्म भग्नावशेष पन्छाएर सक्ने याेजना बनाएको जानकारी दिए। हिउँदे बर्षाले जनजीवन थप कष्टकर हुनेभएकोले समयमै काम सक्नुपर्ने चुनाैती थपिएको उनको तर्क छ। त्यसतर्फ समयमै ध्यान दिन सरकारलाई उनलेे आग्रहसमेत गरे। महाविपत्तीमा परेका छिमेकी जिल्लाका नागरिकहरुकाे दुखमा साथ दिन आफुहरु आएकाे उनको भनाइ छ।

प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार