२०८३ वैशाख १४ , सोमबार

रास्वपा सभापति रवि लामिछाने कतारमा



काठमाडौँ । दोहा, कतार स् महोत्तरीको जलेश्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवास दौडाहामा निस्किएको छ । पार्टी सभापति रवि लामिछाने र सह(कोषाध्यक्ष दीपक बोहरा प्रवासमा संगठन निर्माण, विस्तारका लागि भेटघाट र छलफलका लागि बिहीबार बिहान कतार आइपुगेका हुन् ।

प्रवासी नेपाली सम्पर्क विभाग दोहा कतारको आयोजनामा शुक्रबार ओएसीस बिच क्लबमा दिउँसो १ बजेबाट शुरु हुने, विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमुलाई नेताद्वयले सम्बोधन गर्ने तालिका रहेको छ ।

उनको स्वागतका लागि हमाद विमानस्थलमा विभाग कतारका सभापति अब्दुल करिम मियासहित पार्टीका उपसभापति, प्रमुख सचेतक, प्रवक्ता, सह(कोषाध्यक्षलगायत समितिका पदाधिकारी तथा अन्य व्यक्तिहरू पुगेका थिए । दुई दिन कतारमा रहेर सभापति लामिछाने बेलायत जाँदैछन् ।स्वपाले विश्वका ३० भन्दा बढी देशमा प्रवास समिति गठन गरिसकेको छ िप्रवास दौडाहामा उनकी धर्मपत्नी निकिता पौडेल पनि सँगै छिन् ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार